आज :

कपिलवस्तुमा उखुबारीमा आगलागी, लाखौंको क्षति

कपिलवस्तु । जिल्लामा उखुबारीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं. ६ भिल्मीमा मंगलवार दिउँसो करिब ३ बजेतिर आगलागी भएको हो । दिउँसो ३ बजे लागेको आगो करीब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

कम्पाइनबाट कटिएको धानको पराल जलाउने क्रममा सल्किएको स्थानीयले बताएका छन् । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएका छन् भने करिब २ लाख ५० बराबरको क्षती भएको अनुमान गरिएको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले बताएको छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिकाको दमकल र घरेलु साधन – स्रोतबाट आगो नियन्त्रणमा लिएको स्थानीय निवासी रामफेर गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal