आज :

मंगलबार ५ सय ७० जना संक्रमित, ३ हजार १६८ जना कोरोनामुक्त भएर घर फर्किए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७० थपिएको छ । दशैं विदाका कारण परीक्षण कम भएकोले  कम संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएर घर फर्किएका छन् । आज थप ३ हजार १६८ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी आज थप १४ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । त्यसको आधा भन्दा बढी काठमाडौं उपत्यकाका छन् ।

मंगलबारसम्म आउँदा उपत्यकामा २० हजार ५८६ जना सक्रिय संक्रमित पुगेका छन् । जसमा सबैभन्दा बढी काठमाडौंमा १६ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । कुल ५७ हजार संक्रमित भेटिइसकेको काठमाडौंमा ४० हजार ४२ जना निको भइसकेका छन् भने २०० जनाको मृत्यु भएको छ ।

यस्तै भक्तपुरमा ११९४ जना सक्रिय संक्रमित रहका छन् भने ४१४१ जना निको भएका छन् । ५८ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमितको संख्या ५३९३ रहेको छ ।

यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २४३४ रहेको छ भने निको हुनेको संख्या ५५६२ जना रहेको छ । हालसम्म ५६ जनाले ज्यान गुमाएको ललितपुरमा कुल संक्रमित ८ हजार ५२ रहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा होम आइसोलेशनमा १० हजार ५०१, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार ३६२ जना रहेका छन् ।

दशैंका कारण अधिकांश प्रयोगशालाहरु बन्द भएकोले परीक्षण ह्वात्तै घटेको छ । यसअघि कात्तिक ९ गते १२ हजार ३११, कात्तिक ८ गते १३ हजार ८४६, कात्तिक ७ गते १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको थियो ।  हिजो र आज परीक्षण पहिलेको तुलनामा निकै कमी आएको छ । दशैं सकिएसँगै परीक्षण बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal