आज :

कोरोनाका कारण रुपन्देही र सुनसरीमा गरी थप ३ जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण रुपन्देही र सुनसरीमा गरी थप तीन जनाको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे निधन भएको थियो ।

कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे निधन भएको डा. गौतमले जानकारी दिए ।

त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो । उनमा कात्तिक १ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि कात्तिक ८ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।

गजुरेललाई विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार गरेको पीसीआर टेष्टको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् ।

गजुरेलले आफूलाई गाह्रो हुनेखालका लक्षण नदेखिएको बताउँदै आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal