काठमाडौं । नेपालमा पछिल्ला दुई दिन लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो र आज संक्रमित भन्दा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या बढी छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप ३ हजार ३ सय ३६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने आज २ हजा ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
त्यसैगरी नेपालमा कोरोना भाइरससँग जितेर अहिलेसम्म १ लाख ११ हजार ६७० जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४, नवलपरासी पूर्वमा १०६, दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५,बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जनामा कोरोना भइरस संक्रमण भएको पुष्टि भएको छ ।
त्यसैगरी संखुवासभामा ९, इलाम र अछाममा ८/८ जना, धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ जना, दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २/२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि आज घटेको छ । केही दिनदेखि २० जनाको दरमा दैनिक ज्यान गुमाइरहेका थिए भने आइतबार ५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५७ पुगेको छ ।