आज :

शनिबार थप २ हजार २२५ जनामा कोरोना संक्रमण, २ हजार ८४६ डिस्चार्ज 

काठमाडौं । नेपालमा थप २ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ११० जना काठमाडौं उपत्यकाका मात्रै छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा १ हजार ४४६ जना पुरुष र ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । शनिबारसम्म आउँदा नेपाल कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

आज थप १३ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ

नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रततिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal