आज :

उपत्यकासहित देशभर ४ हजार ४९९ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । आज देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको गौतमले बताए ।

अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको ज्यान गएको छ । त्यस्तै कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । जसमध्ये ४६ हजार ६९१ संक्रिय संक्रमित छन् भने ८ सय २९ जनाको ज्यान गइसकेको छ । शुक्रबार थप १७ जनाको ज्यान निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले सक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ जना, बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०/१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७/७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६/६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५/५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४/४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३/३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २/२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal