आज :

कोरोना खोप बनाउन अक्सफोर्ड विश्वविद्यालय ठूलो झट्का, खोप दिइएका एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गरिरहेको अक्सफोर्ड विश्वविद्यालय ठूलो झट्का लागेको छ । अक्सफोर्ड र अस्ट्राजेनिले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ज्यान गएसँगै यो अभियानमा झट्का लागेको हो ।

ब्राजिलमा परीक्षणको लागि खोप दिइएका एक व्यक्तिको निधन भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर, एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइनसकेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिसबमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ ।

विश्वविद्यालयले ‘क्लिनिकल’ परीक्षणकाबारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ ।

खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाकाबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्नेबारेमा पनि केही बताएको छैन ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र एक लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal