आज :

कोरोना संक्रमणबाट नेपालमा ८ सय १२ जनाको ज्यान गयो, सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप २१ जनाको ज्यान गएको छ । योसँगै अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वार गौतमका अनुसार विहीबार देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

त्यसैगरी विहीबार सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । विहीबार संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal