आज :

कोरोनाका कारण गर्भवती महिलासहित थप तीन जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गर्भवती महिलासहित थप तीन जनाको ज्यान गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।

गर्भवती भएकोलभएकै अवस्थामा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्ने लक्षण भएकोले परीक्षण गराउँदा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनी गर्भवती भएको ३७ हप्ता भएको थियो ।

त्यसैगरी रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको निधन भएको हो । उनीहरुको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।

तिलोत्तमाका पुरुषलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनको राति १२ बजे निधन भएको थियो । त्यसैगरी अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे निधन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal