काठमाडौँ । भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बिचैमा कुनै औपचारिक जानकारी नदिएरै भारतीय गुप्तचर संस्था ’रअ’का चिफ सामन्त गोयलसहित ९ जनाको काठमाडौं छिरेको छन् ।
चिफ सामन्त गोयलसहित ९ जनाको टोली विशेष विमानमा काठमाण्डौं अवतरण आएको हुन् । उनिहरु आईएफसी ४६२० वाट दिउंसो १२ः ४५ मा काठमाण्डु अवतरण गरेको खबर प्राप्त भएको छ ।
उनि आउनेबारे कसैलाई औपचारिक जानकारी नभएपनि उनले नेपाल भम्रणमा शिर्ष नेताहरुसग भेटेर नेपालभारत सीमा बिबादबारे छलफल गर्ने जानकारी प्राप्त भएको छ । उनको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने बताइएको छ । रअका चिफ गोयल सन् १९८४ को ब्याचका आइपीएस अधिकारी हुन् ।
यसअछि गत बषर््ा साउन ६ गते गोयल काठमाडौं आएर गोप्यरुपमा प्रचण्डालाई भेटेर दिल्ली फर्किएको खुलासा भएको थियो । तर प्रचण्डको सचिवालयले औपचारिक रुपमा यो कुरा स्विकारेको थिएन् । त्यस्तै त्यै समय समयमा उनले बालुवाटारमा प्रधानमन्त्रि केपी शर्मा ओली लगायत अन्य शिषर््ा नेताहरुसग पनि भेटेको भन्ने आरोप थियो तर कसैले स्विकार गरेको थिएनन् ।