आज :

नेपालमा कोरोना जित्नेको संख्या एक लाख नाघ्यो, सक्रिय संक्रमित कति पुगे ?

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएका थिए ।

बुधबारसम्म ९९ हजार ६ सय ५ जनाले कोरोना जितेर घर फर्किएका थिए । यो बुधबार दिउँसोसम्मको विवरण हो । बुधबार साँझ र विहीबार विहानसम्म थप व्यक्ति कोरोनामुक्त भएसँगै एक लाख नाघेको हो ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ५० हजार नजिक पुगेको बताइएको छ । हिजो दिउँसो थप ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएसँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको थियो । विहीबार विहानसम्म आउदा त्यो संख्या बढेर ५० हजार नजिक पुगेको अनुमान गरिएको छ ।

बुधबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस्तै ज्यान गुमाउने पनि अहिलेसम्मकै धेरै २८ जनाको ज्यान गएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले २६ जनाको ज्यान गएको पुष्टि गरेको थियो । दुई जनाको नियमित प्रेस ब्रिफिङपछि रिपोर्टिङ भएको हुन सक्ने बताइएको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार उपत्यकामा थप ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

बुधबार देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका ११८, बाँकेका १०९, दाङका १०८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२/३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९/२९ जना, दैलेखका २६ र बझाङका २५ जनामा संक्रमण देखिएको थियो ।

त्यसैगरी सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०/२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७/१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४/१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६/६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४/४ जना, पाँचथर र हुम्लाका ३/३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २/२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal