आज :

पाँच वर्षपछि बल्ल तयार भयो रानीपोखरीः राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडौँ । निर्माण सुरु भएको पाँच वर्षपछि रानीपोखरी पूरानै अवस्थामा पुगेको छ । पुनः निर्माण सकिएर तयारी अवस्थामा रहेको रानीपोखरीको आज उद्घाटन गरिएको छ । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्।

मल्लकालिन शैलीमा पुनः निर्माण गरिएको रानीपोखरीको सम्पूर्ण तयारी पूरा भएकोपछि बुधबार दिउँसो १२ बजे  राष्ट्रपति भण्डारीले उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। पुनः निर्माण सुरु भएको करिब ५ वर्ष पछि रानीपोखरी उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो। रानीपोखरीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

गत २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरी बल्ल आज उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भाडामा स्विमङ पुल बनाउन जिम्मा दिने प्रयास गरेपनि सम्पदा प्रेमी र आदालतको आदेशमा रानीपोखरी पूरानैशैलीमा निर्माण सम्भव भएको थियो । भाडामा दिन योजना असफल भएपछि फेरि आधुनिक शैलीमा बनाउने कि पूरानै शैलीमा बनाउने भन्नेमा विवाद समेत भएको थियो ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । भूकम्पमा परी क्षति भएको रानीपोखरीको यसअघि राष्ट्रपति भण्डारीले नै २०७२ माघ २ गते शिलान्याश गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सकिएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा क्षति भएका संरचनाको बलियो गरी पुननिर्माण सकिने बताइन। ’भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने उनले बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal