आज :

मंगलबार आईपीएल टी ट्वान्टीमा दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । पछिल्लो समय यूएईमा जारी १३ औं संस्करणको आईपीएल टी ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा छ ।
हाल सम्म अघिल्ला ९ खेलमा ७ जित सहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ।

पञ्जाब भने दिल्लीलाई हराएर चौंथो जित हात पार्ने दाउमा छ । यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal