News Portal

असइ विकसँगै गस्तीमा गएका बेपक्ता प्रहरी जवान साउँदको मोहना नदीमै शव भेटियो

डबली संवाददाता२०७७ काक्तिक ४ गते
६९ पटक

काठमाडौँ । असइ गोविन्द विकसँगै गस्तीमा गएका बेपक्ता प्रहरी जवान रामबहादुर साउँदको मोहना नदीमै शव भेटिएको छ । कैलाली जिल्लामा पर्ने नेपाल–भारत सिमा क्षेत्रमा गस्तीमा गएको असई विकको हिजो बिहान ८ बजे तिर उक्त खोलामा खोज्दै जादा शव भेटिएको थियो ।

करिब २ दिन पछि जवान साउँदको शव पनि सोही खोलामा आज भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिएको छन् । ज्यान गुमाउने दुवै जना तस्करी रोकथाम गर्न खाज्दा उनिहरुको ज्यान गएको हुन सक्ने प्ररम्भिक अनुमान गरिएको छ ।

प्ररम्भिक अनुमानमा प्रहरीले अवरोध गरपछि साँउद र विकको हत्या गरेको साबिति दिएका थिए । विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्