आज :

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्बजनिक

काठमाडौँ । इसेवाले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गरेर ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्बजनिक गरेको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक समेत रहेको इसेवाले ल्याएको यो उपहार योजनाअन्तरगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् ।

त्यस्तै एक हजारभन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् । यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ ।

इसेवा फोनपे प्रा.लि को सूचना तथा सञ्चार शाखाका अनुसार यो अवधिमा इसेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथाबाट बिजेता घोषणा गरिनेछ । बिजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एकजना भाग्शाली बिजेता छानिनेछ ।

यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal