आज :

खतिवडा र रेग्मीलाई राजदूत नबनाउन माग गदै उजुरी, विश्वकर्मा विरुद्ध परेन्

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध संघीय संसदको सुनुवाई समितिमा उनिहरुलाई राजदुत नबनाउन माग गर्दै उजुरी परेको छ ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडाका बिरुद्ध ३ ओटा उजुरी परेको छ भने बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

यसअघि १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । खतिवडा र रेग्मी सगै दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्मा विरुद्ध भने उजुरी नपरेको बताइएको छ ।

प्रस्ताबित राजदुतलाई राष्ट्रपतिले राजदूतमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनु पर्ने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal