आज :

आजबाट काठमाडौँमा दशैको लागी खसीबोका बिक्री हुन थाले, १० प्रतिशत छुट सहित कति पर्छ प्रति केजीलाई ?

काठमाडौँ । आजबाट काठमाडौँमा दशैको लागी खसीबोका बिक्री हन थालेको छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज देखि खसीबोका बिक्री खुला गरेको हो ।

थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पिनीले जनाएको छ । गत साल भन्दा यो बर्ष प्रतिकेजी ४० रुपैयाले खसीबोकाको मुल्य बढेकोले अलिकति मुल्य बढ्ने जनाएको छ ।

यो बर्ष १० प्रतिशत छुटको ब्यावस्था गरेको छ । गत साल खसीबोको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरिएको थियो ।
सरकारी स्वमित्वमा रहेको सो कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सिपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको गौतमले जानकारी दिए । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ ।

यो बर्षको दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal