आज :

भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख नजिक, एक लाख १५ हजारको ज्यान गयो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७६ लाख नजिक पुगको छ । आइतबार थप ५५ हजार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार राति र सोमबार विहानसम्म आउँदा थप संक्रमित थपिएका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमितको संख्या ७६ लाख नजिक पुगेको छ । त्यस्तै कोरोनाबाट भारतमा १ लाख १५ हजारले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी भारतमा कोरोना जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतबारसम्म ६६ लाख ६३ हजार ९३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ ।

भारतमा अहिले पनि कोरोनाबाट दैनिक मृत्युदर ५ सयभन्दा माथि रहेको छ । आइतबारमात्रै थप ५६५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८४ लाख नजिक संक्रमित संख्या पुगेको छ । आइतबार रातिसम्म अमेरिकामा कुल संक्रमितको संख्या ८३  लाख ८७ हजार ७९९ पुगेको थियो । जसमध्ये ५४ लाख ५७ हजार भन्दा बढी निको भएर डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।

त्यसैगरी तेस्रो बढी प्रभावित देश ब्राजिलमा ५२ लाख ३५ हजार बढी संक्रमित भेटिएका छन् । जसमध्ये ४६ लाख ५० हजार बढी निको भएर फर्किसकेका छन् ।

कोरोनाको भ्याक्सिन बनाएर परीक्षण गरिरहेको रुसमा १३ लाख ९९ हजार बढी संक्रमित रहेका छन् । जसमध्ये १० लाख ७१ हजार निको भएर डिस्चार्ज भएका छन् ।

सुरुमा कोरोना फैलिएको चीन मुक्त भइसकेको छ । त्यहाँको जनजीवन पूरानै ठाउँमा फर्किसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal