आज :

काठमाडौंमा १ हजार ६९८ सहित थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेका छन् । गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ । आइतबार ३९ हजार ३४१ पुगेको छ ।  यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।

यस्तै कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको ७३९ पुगेको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal