आज :

दसैँभत्ता नपाएपछि वीर अस्पतालका कर्मचारी आन्दोलनमा, पदाधिकारीहरुलाई भित्रै राखेर तालाबन्दी

काठमाडौँ । बीर अस्पतालमा कर्मचारीहरुले आन्दोलन चर्किएको छन् । दशैतिहारको बोनस नपाएको भन्दै कर्मचारीहरुले आन्दोलन गरेको हुन् । उनिहरुले पदाधिकारी बस्ने कोठामा तालाबन्दि गरिदिंदा भित्रै हुलिएका छन् ।

उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका को कोठा भित्र छन् आन्दोलनकारीले ताल्चा लगाएपछि पदाधिकारीहरु वाहिर निस्कन पाएका छैनन् ।
कोरोना महामारीको बेला को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अहिले आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी करिब २ सय जना सहभागी छन् ।

१५ दिनपहिले कोरोना संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएको तर १५ दिनसम्म पनि उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएको उनले जानकारी दिए ।

आन्दोलनमा सहभागी एक डाक्टरले भने, फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोरोना भत्ता पाएका छैनन् । ‘हाम्रो मागलाई सम्बोधन नै गर्नुभएन । कुरा गर्न पनि नचाहेपछि हामीले ताला लगाइदिएका हौँ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal