आज :

बालुवाटारबाट ओलीले गरे भर्चुअल पृतनापति सम्मेलनको उद्घाटन

काठमाडौँ । बालुवाटारबाट प्रधानमन्त्रि केपी शर्मा ओलीले भर्चुअल रुपमा नेपाली सेनाको पृतनापति सम्मेलनको उद्घाटन गरेको छन् ।

बालुवाटरबाट प्रधानमन्त्री ओलीले उद्घाटन गरेका नेपाली सेनाको यो सम्मेलन ६–६ महिनाको अन्तरमा हुने गर्दछ ।
यो सम्मेलन ३ दिनसम्म सञ्चालन हुने सेनाले जानएको छ ।

सम्मेलनमा ८ जना पृतनापतिहरूले आ आफ्नो कार्यक्षेत्रमा भएका उपलब्धि, चुनौती र समाधानका गर्नुपर्ने काम समेटिएको विषयमा रिपोर्टिङ गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी गराएको छन् ।

हाल नेपाली सेनाको पूर्वी पृतनामा कायममुकायम पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे र उपत्यका पृतनापति आनन्दकुमार अधिकारी छन्।

त्यस्तै पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा छन्।

सेनाले मुलुकको शान्ति सुरक्षादेखि कोभिड १९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न आजदेखि भर्चुअल माध्यमबाट सम्मेलन सुरू गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal