आज :

कोरोना संक्रमणबाट थप चार जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको ज्यान गएको छ । बार्दियाका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पहिला नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा उपचार सुरु गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि ११ दिनपछि २७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई आईसीयूमा भेन्टिलेटरको सहायतामा प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो । कोरोनासँगै डेंगुको संक्रमण समेत रहेको अस्पतालले जनाएकव छ । उनी कोरोनाबाट ज्यान गुमाउने बर्दियाका तेस्रो व्यक्ति हुन् ।

त्यसैगरी बिराटनगर र धरानमा गरी थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । उनीहरुको बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक–एक जनाको निधन भएको हो ।

बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति १०ः५५ बजे निधन भएको थियो । ती पुरुषलाई असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बिराटनगर महानगरपालिका–७ का एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आइतबार बिहान करिब ९ बजे निधन भएको थियो । असोज २५ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको कोरोनाबाट ज्यान गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ती पुरुषको पनि निधन भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर निधन भएको हो । उनी मुटु सम्बन्धी पुरानै रोगबाट पीडित थिए ।
असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते नै अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal