 
	
काठमाडौँ । सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लामा पर्ने नेपाल–भारत सीमाको ड्युटीमा खटिएका असईको शव फेला फेला परेको छ भने एक प्रहरी जवान बेपत्ता रहेको छन् । असई गोविन्द विक शव फेला परेको हो भने प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।
शव नेपाल–भारत सीमामा पर्ने धनगढी उपमहानगरपालिका–११ को मोहना खोलामा भेटिएको हो। उनको नदीमा घोप्टो परेको अवस्था एउटा शव फेला परेको हो । अहिले खोलाबाट शव निकाल्ने काम भइरहेको प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी गराए ।
असई र प्रहरी जवान राति ८ बजे नियमित गस्तीमा गएका थिए तर ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको अस्थायी प्रहरी पोष्ट जुगेडाले जनाएको छ ।
यो घटना के कसरी भयो त्यो अनुसन्धान भईसेको छैन् तर असई तस्करी नियन्त्रणमा आक्रामक रुपमा काम गर्दै आएका हुनाले घटना तस्करहरूले घटाएको प्रारम्भिक अनुमान रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले बताएको छन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




