आज :

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ९० हजार पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतबार विहानसम्म आईपुग्दा कोरोनामुक्त भएर डिस्चार्ज भई घर फर्किनेको संख्या ९० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो १ हजार ८ सय जनाले कोरोना जितेका थिए । योसँगै शनिबार दिउँसोसम्म ८९ हजार ८ सय ४० पुगेको थियो । विभिन्न अस्पताल तथा आइसोसेन सेन्टरबाट संकलन गरिएको स्वाब परिक्षणको रिपोर्टअनुसार आइतबार विहानसम्म थप व्यक्ति कोरोनामुक्त भएका हुन् ।

शनिबार नेपालमा थप ३ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबार दिउँसो थप ३ हजार १६७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । योसँगै शनिबार सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ग‍ौतमले संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको जानकारी दिएका थिए ।

त्यसैगरी शनिबार थप १२ जनाको कोरोनाका कारण ज्यान गएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ७ सय २७ जनाको ज्यान गएको थियो भने शनिबार साँझ र आइतबार विहान थप व्यक्तिको ‍निधन भएको छ ।  ।

त्यसैगरी कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिन थालेपछि काठमाडौं उपत्यकाका दुई जिल्लामा अत्यावश्यक बाहेका सबै सेवा बन्द गरिएको छ । स्थानीय प्रशासनले भक्तपुर र ललितपुरमा आजबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेका सेवाहरु स्थगित गर्न लागेका हुन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित काठमाडौंले पनि सो निर्णय गर्ने  बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal