आज :

‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ योजना सार्बजनिक, दैनिक एक लाख जित्ने मौका

काठमाडौँ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

कात्तिक १ गते घटस्थापनादेखि कात्तिक १४ गते पुर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको फोन पे ले जानकारी दिएको छ । यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिने फोनपे पेमेन्ट सर्विस लिमिटेडको सूचना तथा संचार शाखाले जनाएको छ ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal