आज :

नेपालमा थप ३ हजार बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९ हजार नजिक

काठमाडौं । नेपालमा थप ३ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जना संक्रमित भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ग‍ौतमले संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको जानकारी दिए । शनिबार सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।

त्यसैगरी थप १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ७ सय २७ जनाको ज्यान गएको छ । त्यस्तै आज थप १ हजार ८ सय जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमण दिनदिनै बढिपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेका सेवाहरु स्थगित गर्न थालेका छन् । उपत्यकाका भक्तपुर र ललितपुर जिल्लाले अत्यावश्यक बाहेक सबै सेवाहरु स्थगित गरेका छन् । दुबै जिल्लाले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै आइतबारदेखि लागू हुनेगरी सो निर्णय गरेका हुन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित काठमाडौंले पनि सो निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal