आज :

कुखुरा चाेर्न आएको भन्दै बाबुछोराको कुटाइबाट नरेश चौधरी ज्यान गयो

भालुवाङ । छिमेकीको कुखुरा चाेरेकाे अाराेप लगाएर दाङको देउखुरीमा एक १७ वर्षीय युवा नरेश चौधरीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

दाङको पूर्वी देउखुरी मसुरिया नयाँबस्ती ( राप्ती प्राविधिक शिक्षालयकाे पछाडि ) बस्ने चौधरीको उनकै छिमेकी खलबहादुर घर्तीमगर र नीजका छाेरा ओमप्रकाशकाे पिटाइबाट नरेशकाे ज्यान गएको परिवार तथा छिमेकीहरु बताउँछन् ।

बिहीबार राति करिब ८ बजेतिर खलबहादुरकै घरको आँगनमा घर्ती बाबुछोराले नरेश चौधरीलाई मरणासन्न हुनेगरि पिटेका थिए । कुटाइबाट बेहोस भएका नरेशको शुक्रबार बिहान निधन भएको परिवारले जनाएका छन् । पिटाइ हेर्दा सामान्यजस्तो लागेकाले तत्काल नरेशलाई उपचारका लागि लैजाने र प्रहरीलाई खबर गरिएको थिएन ।

पिट्ने घर्तीमगर र पिटाइ खाने मृतक नरेशकाे घर टेक्निकल स्कूलकाे पछाडिकाे एकै गल्लीबाट करिब ४० मिटरको फरक दूरीमा पर्दछन् ।नरेशलाई पिट्ने बाबुचाहिँ खलबहादुर उमेरमा ६० वसन्त पार गरिसकेका र लामो समयदेखि पक्षाघातको बिरामी भएकोले लहुरोको सहाराले हिड्डुल गर्दछन् ।

मृतकका परिवारमा दुई भाइमध्येमा नरेश कान्छो हुन् । उनी घर बनाउने मजदूरको रूपमा काम गर्ने गर्दथे । घटनाको दिन नरेशले आफूले घर बनाउने ठाउँबाट मासु ल्याएको बताइएको छ । घरमै मासु भएकोले कुखुरा चोर्न नगएको  नरेशका परिवारले बताएका छन ।

मृतक नरेशका बाबुको यसअघि निधन भएको, दाजुभाउजु सामान्य रुपमा घरको खेतीपातीकाे काम गर्छन् । घरमा बुढी आमा छन् । आफ्नो छोराको कुनै गल्ती नभएको तर कुटिकुटी मारेको नरेशकी आमाले बताइन् ।

नरेशलाई कुटिकुटी मारेको अभियोगमा खलबहादुर र उनका छोरा ओमप्रकाशलाई इलाका प्रहरी कार्यालय, भालुवाङ्गबाट खटिएर गएको टाेलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal