आज :

नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ७ सय १५ पुग्यो, सक्रिय संक्रमित ३७ हजार ३८२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २१ जनाको ज्यान गुमाएको पुष्टि भएसँगै ज्यान जानेको संख्या ७ सय १५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । त्यस्तै, आज थप २ हजार ४०२ जना काठमाडौं उपत्यकाका नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी ३ हजार ५ सय २२ जना कोरोनामुक्त भएर घर डिस्चार्ज भएका छन् । अब नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४० पुगेको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal