News Portal

  • एकैदिन २१ जनाकाे ज्यान गयो, थप ४३ सय ९२ जना सहित एक लाख २६ हजार बढि संक्रमित पुगे

    डबली संवाददाता२०७७ असाेज ३० गते
    १२२ पटक

    काठमाडाैँ । एकैदिन २१ जनाकाे ज्यान गएकाे  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर अाज २१ जनाकाे ज्यान गएकाे हाे । याे सहित हाल सम्म नेपालमा ७७५ जनाकाे काेराेना बाट ज्यान गईसकेकाे छ ।

    पछिल्लो २४ घण्टामा देशभर थप ४३ सय बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप ४  हजार ३९२ जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख २६ हजार १३७ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार३८२ पुगेको छ । हाल सम्म  करेन्टाइन्मा ४ हजार ८०८जना रहेकाे छन् ।

    मन्त्रालयका अनुसार आज थप ३५ सय २२ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८  हजार ४० पुगेको छ। हाल सम्म नेपालमा १२ लाख ५४ हजार १६७ जनाकाे पिशियार परिक्षण गरिएकाे छ ।

    प्रतिकृया दिनुहोस्