आज :

सिसिएमसीको बैठक बस्दै, उपत्यका प्रवेश नाका सिल हुन सक्ने ?

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस संक्रमण हाल नेपालमा पनि नियन्त्रण बाहिर जादै छ । पछिल्लो समय नेपालमा अत्याधि संक्रमित हुन थालेको छन् । यसैबिच नेपालीहरुको महान चाड दशै तथा तिहार नजिकिए सगै काठमान्डौ ओहोरदोहोर गर्नेहरुको भिडभाड हुन थालेको छ ।

यो बिचमा लकडाउन खुलेको कारण संक्रमित प्रतिदिन बढ्दै गइरहेको छन् । यसै क्रममा लामो समय देखि नबसेको सिसिएमसीको बैठक बस्ने भएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्ने भएको छ । बैठकमा उपत्यका छिर्ने नाका कडाइ गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यस्तै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोनाको महामारी थप भयावह हुन सक्ने चेतावनी पनि दिएको छ ।
यसअघि सरकारले कोरोना न्यूनीकरण गर्न लकडाउन र निषेध आज्ञा गरे पनि काठमाडौ छिर्ने नाकामा कडाइ नहुँदा उपत्यकामा कोरोना संक्रमण बढेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal