आज :

कालिकोटमा सक्रिय संक्रमितको संख्या २६, कोरोनासँग जितेर ११९ जना घर फर्किए

सुर्खेत । कालिकोट जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । विहीबार थप ३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय जम्मा संक्रमितको संख्या १४५ पुगेको छ । जिल्ला कोरोना अस्पतालको सूचना अधिकारी पदम महतका अनुसार ११९ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

एक पटक कोरोना शून्य भइसकेको थियो तर फेरि संक्रमित थपिएका थिए । सक्रिय संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको महतले जानकारी दिए । केही व्यक्तिमा लक्षण नै नदेखिएको र केहीमा सामान्य लक्षण देखिएपनि स्वास्थ्य सामान्य रहेको महतले बताए । उनीहरुलाई जिल्ला कोभिड अस्पताल, होटल र होम आइसोलेसनमा राखिएको छ ।

यसैबीच जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले स्थानीय सरकारले समयमै सचेतता अपनाएका कारण अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट कसैको पनि ज्यान नगएको बताएका छन् । शाहीले कोरोना महामारीसँगै स्थानीय तहले क्वारेन्टिन, आइसोलेसनलगायत उपचारमा राम्रो प्रबन्ध गरेका कारण कालिकोटमा कोरोनामा फैलिन नपाएको बताए ।

अनलाइन डबलीसँग कुरा गर्दै प्रमुख शाहीले विदेशबाट आएकाहरुलाई सुर्खेतबाट सुरक्षित गाउँमा पुगेका कारण कोरोना समुदायमा पुग्न नपाएको बताए । गाउँमा पुग्दा पनि क्वारेन्टिनको राम्रो व्यवस्था गरिएको बताए । “महामरीसँगै विदेशबाट गाउँ फर्केकाहरुलाई अलगै राख्ने व्यवस्था गर्यौ । सबै पालिकाहरुलाई आवश्यक पर्ने क्वारेन्टि र आइसोलेसनको तयारी गर्न भनिएको थियो । त्यहीअनुसार सबै पालिकाका जनप्रतिनिधिहरु खटिनुभयो । २०–२१ दिनसम्म क्वारेन्टिमा अनिवार्य राखियो” प्रमुख शाहीले भने । उनले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गरेकोले कोरोना समुदायमा पुग्न नपाएको बताए ।

नेपालमा विहीबार देशभर थप ३७ सय बढि संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा देशभर थप ३  हजार ७४९ जना संक्रमित थपिएको जानकारी गराएको हो । विहीबार कुल संक्रमित हुने एक लाख २१ हजार ७४५ पुगेको थियो ।

मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा थप १९ जनाको निधन भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६९४ पुगेको छ । साँझसम्म थप ५ जनाको ज्यान गइसकेको छ ।

मन्त्रालयका अनुसार विहीबार थप ३५ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८४  हजार ५१८ पुगेको थियो । शुक्रबार विहानसम्म आइपुग्दा उक्त संख्या बढेको छ । विहीबार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको मन्त्रालयले जनकारी दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal