आज :

बिहिबार थप ३७ सय बढी जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय ६४ डिस्चार्ज 

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप ३  हजार ७४९ जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख २१ हजार ७४५ पुगेको छ।

जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा थप १९ जनाको निधन भएको बताए। आजको सहित हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । हाल सम्म  करेन्टाइन्मा ४ हजार ८२५ जना रहेकाे छन् ।

मन्त्रालयका अनुसार आज थप ३५ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८४  हजार ५१८ पुगेको छ। हाल सम्म नेपालमा १२ लाख २७ हजार ६३६ जनाकाे पिशियार परिक्षण गरिएकाे छ ।

त्यस्तै आज विश्व हात धुने दिवस परेकाे छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ‘काेराेना बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने उल्लेख गरेकि छन् ।

साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal