आज :

अत्याधिक वर्षाका कारण भारतमा ३० जनाको ज्यान गयो, ३ सय गाँउ प्रभाबित

काठमाडौंँ । अत्याधिक वर्षाका कारण भारतमा बिभिन्न राज्यको गरी ३० जनाको ज्यान गएको छ । दक्षिण भारतका विभिन्न क्षेत्रमा बर्षा हुदा उनहरुको जयान गएको हो ।

बर्षाबाट अत्याधिक असर परेको तेलंगाना राज्यको राजधानी हैदराबादका कतिपय स्थान जलमग्न बन्दा थुप्रै मानिस विस्थापित बनेका छन् । आन्ध्र प्रदेश, केरल, ओडिसा कर्नाटक सहित महाराष्ट्रका विभिन्न ठाउँमा पनि भीषण वर्षासँगै बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

भारी वर्षाका कारण आएको बाढीबाट २ तीन सय गाउँ प्रभावित बनेका छन् । भारी वर्षाका कारण आन्ध्र प्रदेशका विभिन्न स्थानमा सडक भत्किनुका साथै बिजुली समेत कटौती भएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आन्ध्र प्रदेश र तेलंगनामा तीव्र वर्षाका कारण उत्पन्न भएको अवस्थाप्रति दुबै राज्यका मुख्यमन्त्रीसँग कुराकानी गरेर मद्दत गर्ने आश्वासन दिएका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि गृह मन्त्रालय तेलंगना र आन्ध्र प्रदेशमा भइरहेको भारी वर्षा र बाढीबाट उत्पन्न अवस्था आफूले देखेको र सहायता गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

बंगालको खाडीमा उत्पन्न कम हावाको दबाबका कारण ओडिसाका धेरैजसो भागमा वर्षा भएको बताइएको छ । यस्तै भारतीय मौसम विभागले १४ अक्टोबरमा महाराष्ट्रमा अझै दुईदेखि तीन दिन भारी वर्षा हुने चेतावनी सहित अलर्ट रहन आग्रह गरेको बीबीसी हिन्दीमा जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal