आज :

फेरी किन भयो प्रचण्ड गुटको छुट्टै भेला, को को छन् प्रचण्ड पक्षमा ?

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री विवाद पछि प्रचण्ड गुटको छुट्टै भेला बसेको छ । स्रोतका अनुसार अहिले खुमलटारमा प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री, विवाद मिलाउन नेताहरूसँग ब्रिफिङ लिइरहेका छन् ।

प्रचण्डले “अहिले सबै नेतासँग एकएक गरेर घटनाबारे बुझिरहनुभएको एक नेताले जानकारी गराए । ब्रिफिङमा माधवकुमार नेपाल पनि उपस्थित छन् ।

त्यस्तै भेलामा प्रचण्ड पक्षका रामबहादुर थापासहित प्रभावशाली नेताहरू उपस्थित भएका थिए । ओली पक्ष आफ्नो अडानबाट पछि नहटेकाले थप रणनीति बनाउन प्रचण्डनेपाल पक्ष खुमलटार भेलामा जुटेको स्रोतले जनाएको छ ।

यस अघि सक्तारुढ नेकपाको दुई अध्यक्षले आजै कर्णाली प्रदेशका पदाधिकारीहरूलाई छलफलमा बोलाएका छन् । ओलीसमेतको उपस्थितिमा छलफल हुनुपूर्व नै हो तर ओली नआएको एक नेताले जानकारी गराए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वेच्छाचारी भएको आरोप लगाउँदै १८ जना सांसद विद्रोहमा िथए।  हस्ताक्षर गर्ने तीनजना पूर्वमाओवादी केन्द्रका सदस्यहरू समेत छन् । आज प्रचण्डले उनिहरु सग पनि स्पष्टिकरण माग्ने एक नेताले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal