आज :

कोरोना संक्रमणबाट थप पाँच जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको ज्यान गएको छ । विराटनगरमा तीन, अर्घाखाँची र बुटवलमा एकएक जना गरी थप पाँच जनाको ज्यान गएको हो ।
विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको निधन भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत राटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको निधन भएको छ ।

विराटनगरका पुरुषलाई असोज २१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए ।

अर्का सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर निधन भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको थियो ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

विहीबार विहान रुपन्देही र अर्घाखाँचीका एकएक गरी दुई जना कोरोना संक्रमितको निधन भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा ज्यान गएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै निधन भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान निधन भएको छ । असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal