आज :

नेपालि भुमिमाथि विवादास्पद अभिव्यक्ति दिने भारतीय सेनाका प्रमुख नरवाणे नेपाल भ्रमणमा आउदै

काठमाडौंँ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहानामा सेनाध्यक्ष नरवाणेलाई परराष्ट्र मन्त्रालयमार्फत नेपाल भ्रमणको निम्तो स्वीकारदै नेपाल भ्रमणमा आउन लागेको हुन् ।

गत बर्ष माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो ।

नेपालीहरुको महान चाड दशै तिहारको बिचमा आउन लागेको नरवाणेलाई नेपाल र भारतका सेना प्रमुखले एक–अर्को देशका सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ । उनि नेपाल भ्रमणका क्रममा  मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

सेनाध्यक्ष नरवाणेले भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भए पनि त्यसको पूर्ण तालिका तयार भइसकेको छैन। यसको टुंगो लागिसकेपछि जानकारी गराउने सेनाले जनाएको छ।

नेपालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा भारतले गरेको अतिक्रमणको विरोध गर्नुका साथै नेपालको सो भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेपछि नरवाणेले एक कार्यक्रममा चीनको उक्साहटमा नेपालले यी कदम चालेको बताएका थिए ।

उनको सो अभिव्यक्तिप्रति नेपालले कडा आपत्ति जनाएको थियो भने भारतमै पनि उनको सो भनाइको विरोध भएको थियो।

तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गर्दा ‘कूटनीतिक मर्यादा विपरित’ टिप्पणी गरेका भारतीय सेनाध्यक्ष नरवाणे दशैं र तिहारको बीचमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal