आज :

मुख्यमन्त्री विवादबारे छलफलः मुख्यमन्त्री शाही लगायत ६ जनालाई काठमाडौं आउन निर्देशन

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्री विवादबारे छलफल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान बालुवाटारमा छलफल भएको छ ।

छलफल पछि मुख्यमन्त्री शाही लगायत ६ जनालाई काठमाडौं आउन निर्देशन दिएको छ । विवाद मिलाउन अध्यक्षद्वयले मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, सांसद यामलाल कँडेल, गुलावजंग शाही र सांसद चन्द्रहादुर शाहीलाई काठमाडौँ आउन निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले गत आइतवार प्रदेशका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको विवाद समाधान गर्न दुवै अध्यक्षबीच निरन्तर छलफल चलिरहेको छ ।

यतिबेला केन्द्रीय राजनीति तातेको छ भने  मुख्यमन्त्री विरुद्ध विभिन्न आरोपहरु लगाउँदै अाएकाे छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal