आज :

चाडबाड सुरक्षाको लागी ठाउठाउमा सादा पोसाक सहित प्रहरी परिचालन, उपत्यकामा कति ?

काठममाडौँ । नेपालीहरुको महान चाड दशै तिहार नजिए सगै चाडबाड सुरक्षाको लागी ठाउठाउमा सादा पोसाक सहित प्रहरी परिचाल गरिएको छन् । त्यस्तै सादा पोशाकमा प्रहरी टोली परिचालनदेखि बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूला सपिङ मलमा विशेष निगरानी सुरु गरिएको छ ।

दशै तिहारमा हुने आर्थिक अपराध, चोरी डकैती, लुटपाट, ठगी तथा मदिरा पिएर हुने झैझगडालगायतका अपराध रोक्न प्रहरी परिचालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सादा पोशाकसहित परिचलान गरिएको यो जनशक्तिले चाडबाडमा हुने अपराधका घटना न्यूनीकरण गर्ने र अपराध भइहालेमा तुरुन्तै कारबाही गर्न ‘क्वीक रेस्पोन्स टोली’ समेत खटाइएको छ ।

कोरोना माहामारी बिचमा परेको यो बर्षको दशैतिहारको लागी यो देशभर ४८ हजार ८ सय ३० प्रहरी जनशक्ति परिचालन गरेर चाडबाडलाई सुरक्षित बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जस मध्ये काठमाडौं उपत्यकाका मात्रै ७ हजार ५ सय ५० प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरीको टोलीले ५४ स्थानमा चेक प्वाइन्ट खडा गरेको छ । त्यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई हुने हरेक समस्या समाधान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal