आज :

नेपालमा ७९ हजार बढीले कोरोनालाई जितेर घर फर्किए, सक्रिय संक्रमितको संख्या ३६ हजार

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ७९ हजार नाघेको छ । पछिल्ला दिनहरुमा संक्रमणभन्दा निको हुनेको दरमा कमी आएको छ ।

मंगलबार थप एक हजार ५ सय ३ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । मंगलबार निको भएर घर फर्किनेको संख्या ७८ हजार ७८० पुगेको थियो ।

बुधबार विहानसम्म आउँदा राजधानी काठमाडौँसहित देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप व्यक्तिहरु कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार नाघेको छ । बुधबार दिउँसो थप संख्या बढ्ने बताइएको छ ।

त्यसैगरी मंगलबार काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनासहित ३ हजार ५५६ जनामा कोरोनाभाइरस सक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जना संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार देशभर थप १८ जनाको ज्यान गएको जानकारी दिएका थिए । मंगलबार नेपालमा कोरोनाबाट ६ सय ६३ जनाको ज्यान गएको थियो ।

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको थियो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको थ‍ियो ।

त्यसैगरी मंगलबार संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका थिए । मंगलबार १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच विश्वभर कोरोना भाइरस (कोभिड १९)का संक्रमितको संख्या चार करोड नजिक पुगेको छ । कोरोना अपडेट गराइरहेका विभिन्न साइटहरुका अनुसार मंगलबार रातिसम्म विश्वभर कोरोनाबाट ३ करोड ८३ लाख ४७ हजार ९ सय ५५ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख ९० हजारको ज्यान गएको छ । विश्वभर कोरोनामुक्त हुनेको संख्या २ करोड ८८ लाख ४० हजार पुगेको छ । विश्वभर हाल ८४ लाख १६ हजार ८ सय ६१ सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार नाघेको छ । अमेरिकामा थप ५१ हजार जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख २० हजार पुगेको छ । अमेरिकामा थप ८ सय २३ जनाको कोरोनाबाट ज्यान गुमाएका छन् ।

अमेरिका पछि दक्षिण एसियाली मुलुक भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म ७२ लाख ३७ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघेको छ ।

भारत पछि ब्राजिलमा संक्रमितको संख्या ५१ लाख १४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५१ हजार पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल भने ३८ औं स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal