आज :

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि निर्वाचित, नेपालको पक्षमा १५० भोट

काठमाडौं । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि निर्वाचित भएको छ । मंगलबार राति राष्ट्रसंघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको हो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएको जानकारीअनुसार गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्‍यो । नेपाल अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहनेछ ।

यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो । मन्त्री ज्ञवालीले नेपाललाई सहयोग गर्ने सबै मुलुकप्रति आभार पनि व्यक्त गरेका छन् ।

एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal