आज :

कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने मनाङको अर्गानिक स्याउ काठमाडौँ आइपुग्यो

काठमाडौं । कोरोना कहरबीच मनाङको स्याउ राजधानी काठमाडौँ आइपुगेको छ । मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउ काठमाडौं आइपुगेको हो ।

हिमालयन फ्रेस’ ब्राण्डको स्याउको एकमात्र आधिकारिक बिक्रेता जिके एण्ड सन्स एग्रो प्रा.लि.ले सोमबार पहिलो खेप काठमाडौँ पुर्याएको छ । सिता पाइलास्थित कोल्ट स्टोरमा राखेर आजबाट स्याउ बिक्री थालिएको जिकेका कार्यकारी निर्देशक गणेश चालिसेले जानकारी दिए ।

तीन हजार मिटर उचाईमा उत्पादन भएको अर्गानिक स्याउ भएकोले कोरोना भाइरसविरुद्ध प्रतिरोध क्षमता बढाउने जिके एण्ड सन्सका कार्यकारी निर्देशक चालिसेको दाबी छ । विज्ञहरुले पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने बताएको चालिसेले बताए । “तीन हजार मिटरको उचाईमा फलेको अर्गानिक स्याउ भएकोले रोगसँग लड्न प्रतिरोध क्षमता बढाउने विज्ञहरुले बताउनुभएको छ” चालिसेले भने । मनाङबाट काठमाडौंं आइपुगेको स्याउ उपयुक्त तापक्रमयुक्त स्टोरमा राखेर मागअनुसार कम्पनीले बजारमा पुर्याउने गरेको छ ।

“सोमबार पहिलो गाडी आयो । आजबाट बजारमा बिक्री सुरु भएको छ । आजै भाटभटेनीलगायत डिपार्टमेन्ट स्टोर र अर्गानिक पसलहरुले स्याउ उठाएका छन्” चालिसेले भने । उनले अब मनाङबाट नियमित स्याउ काठमाडौँ आउने बताए ।

ताजा स्याउ खान चाहने उपभोक्तका लागि थोक तथा खुद्रा बिक्री पनि गरिने चालिसे जानकारी दिए । कोरोना महामारीको कारण घर बाहिर निस्कन नसक्ने वा नचाहने ग्राहकहरुको लागि घरसम्मै पुर्याइदिने व्यवस्था गरेको समेत उनले बताए । स्याउको विदेशी बजारमा ठूलो माग भएपनि आफूहरुको पहिलो प्राथमिकता नेपाली ग्राहक भएको चालिसे बताउँछन् ।

एग्रो मनाङ नेपालकै ठूलो र आधुनिक स्याउ फार्म हो । ग्रेडिङ गरिएको स्याउ विदेशी स्याउभन्दा सस्तो र स्वादिलो भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal