आज :

कोरोना संक्रमणबाट मंगलबार थप १८ जनाको ज्यान गयो, स‍क्रिय संक्रमितको संख्या ३६ हजार नजिक 

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा देशभर थप १८ जनाको ज्यान गएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ६ सय ६३ जनाको ज्यान गइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार काठमाडौंमा २ हजार १२९ सहित देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी  दिए । योसँगै १ लाख १५ हजार ३५८ पुगेको छ । जसमध्ये ७८ हजार ७८० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।

त्यसैगरी हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ ।

कोरोना भाइरस तीब्र रुपमा फैलिरहेको काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal