आज :

नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ३ हजार ५५६ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकासहित मंगलबार देशभर जना नयाँ संक्रमित थपिएका छन् । मंगलबार कुल संक्रमितको संख्या १ लाख १५ हजार ३६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकार‍ी दिए ।

त्यसैगरी मंगलबार थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । हिजो थप ९ जनाको ज्यान गएर कुल संख्या ६४५ पुगेको थियो ।

मंगलबार थप १ हजार ५ सय ३ जनाले कोरोना जितेर घर फर्किएको जानकारी दिए । मंगलबारसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal