आज :

अब सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्न पाउने, के हुन्छ बढाइएको ५० प्रतिशत भाडा ?

काठमाडौं । कोरोना संक्रमणलाई थप फैलिन नदिने भन्दै सार्वजनिक यातायातमा लगाइएको आधा सिट क्षमता हटेको छ । सरकारले यसअघि सार्वजनिक यातायातलाई आधा सिट क्षमतामा मात्रै यामत्रु बोक्ने पाउने भनि गरेको निर्णय फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । यो निर्णयसँगै लामो र छोटो दूरीमा चल्ने सबै सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्ने पाउने भएका छन् ।

लकडाउन खुलाएसँगै सरकारले सार्वजनिक र हवाई यातायातमा एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर अन्तरिक हवाई यातायात संचालकले मानेनन् । सरकारले पछि हवाई सेवामा सबै सिटमा यात्रु बोक्न पाउने अनुमति दिएको थियो ।

अहिले सरकारले दशैंमा यात्रुको चाप हुने भएकोले सबै सिटमा यात्रु बोक्न दिने भनेपनि ५० प्रतिशत बढाइएको भाडाबारे स्पष्ट भने पारेको छैन । सरकारले पूरानै दरमा भाडा लिन पाउने भनेको छ । यसलाई यातायात व्यवसायीले ५० प्रतिशत बढाइएको भाडा लिन पाउने निर्णय भएको बताउन थालेका छन् । सरकारले ५० प्रतिशत बढेको भाडा फिर्ता भनेर स्पष्ट नपारेकोले यातायात व्यवासायीको मनपरी हुने देखिएको छ ।

सोमबारको बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

सोमबार कोरोना संक्रमितको संख्या ४ हजार बढी छ । जसमा आधा काठमाडौं उपत्यकामा मात्रै छन् । यसले पनि काठमाडौंमा कोरोना संक्रमण डरलाग्दो तरिकाले फैलिरहेको छ भन्ने देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा सबै सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालमा रुपान्त्रण गर्ने निर्णय गरेको छ । त्यसैगरी आकस्मिक बाहेक नियमित अप्रेसन नगर्न पनि सबै अस्पताललाई निर्देशन दिएको छ । योसँगै कोरोना बाहेक अन्य रोगबाट पनि मानिसको ज्यान जाने देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal