आज :

रुकुम हत्याकाण्ड: ८ जनालाई अदालतले छोड्यो, मृतकका परिवार र दलित अगुवाहरुले आन्दोलन सुरु गरे

काठमाण्डौं । नबराज लगायत छ जनाको हत्यामा संग्लन मध्ये ८ जनालाई उच्च अदालत सुर्खेतले छोड्न आदेश दिएको छ।

आइतबार  उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको हो ।

उनिहरु लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुन र अन्य दुई जनालाई उच्च अदालतले छोड्न आदेश दिएको हो ।

उनिहरुको आफन्तले दिएको रिटमाथि सुनुवाई गर्दै उनिहरुलाई अदालतले छोड्न आदेश दिएको हो ।

उच्च अदालत सुर्खेतको यस्तो सुनुवाइ पछि मृतकका परिवार सहित दलित अधिकारकर्मीहरुले उच्च अदालत सुर्खेतको गेटमा धर्ना र आन्दोलन गर्दै खबरदारी गर्दै आएका छन्।

यस अघि, रुकुम हत्याकाण्ड मा सग्लन २९ जनालाई पक्राउ गरेकोमा तीन जनालाई तारेखमा र एक जनालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

रुकुम हत्याकाण्ड गत १० जेठमा जाजरकोटका नबराज बिकको रुकुम चौरजहारीकी एक मल्ल थरकी किशोरीसंगको प्रेम र बिवाहाको कारण नबराज सहित गणेश बुढा, सन्जु बिक , लोकेन्द्र सुनार, टिकाराम सुनार , गोबिन्द शाहीको निर्मम हत्या गरि फालि उनिहरुको  लास भेरि नदिमा फेला परेको थियो भने उक्त घटनामा १२ जना नबराजका साथीहरु भने घाइते अबस्थामा नै बाच्न सफल भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal