News Portal

  • काठमाडौँ उपत्यकामा थप १४१६ जनामा संकमण पुष्टि

    डबली संवाददाता२०७७ असोज २५ गते
    २२१ पटक

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार थप २२ जनाको ज्यान गएको पुष्टि गरेको छ । यो सहित हाल सम्म कोरोना संक्रमणबाट हाल सम्म ६३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थप २ हजार ७१ जना संक्रमित थपिएको छन् । यो सहित हाल सम्म संक्रमित हुनेको सँख्या १ लाख ७ हजार ७५५ जना पुग्को छन् ।

    मन्त्रालयका अनुसार आईतबारसम्म देशभर सक्रिय संक्रमितको ३१ हजार पुगेको छ । त्यसैगरी आज थप १५ सय ५२ जना संक्रमित निको भएको छन्। यो सहित हाल सम्म निको हुनेको संख्या ७५ हजार ८०४ जना छन् ।

    हाल देशभर ४ हजार ६ सय १३ हा्म आईसोलेसन्मा रहेको छन् । हाल सम्म ११ लाख ७६ हजार ९८४ हजार जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्