आज :

कोरोनाका कारण आइतबार विहान महानरपालिकाका वडाअध्यक्षसहित दर्जन बढी व्यक्तिको निधन

काठमाडौं । आइतबार विहान कोरोना भाइरस संक्रमणबाट एकजना जनप्रतिनिधिसहित करिब दर्जन व्यक्तिको ज्यान गएको छ । भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना कारण ज्यान गएको छ ।

भरतपुर अस्पतालका अनुसार कोरोना संक्रमणपछि उपचार गराइरहेका ६९ वर्षीय तामाङको उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे निधन भएको हो । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियाे ।

फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएकाे थियाे । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित तामाङ चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो जनप्रतिनिधि हुन् ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित निधन भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति निधन भएको हो ।

धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।

सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनकुटाका ६१ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको छ । डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित उनी धनकुटा अस्पतालबाट रिफर भएर आएकी थिइन् । उनी असोज १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारको क्रममा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

उता कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको ज्यान गएको छ । तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा निधन भएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान निधन भएको थियो । उनी मुटुका दीर्घरोगी थिए ।

बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा निधन भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।

यस्तै बुटवल-१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा निधन भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।

बाँके, सुर्खेत, कैलाली, धरान, विराटनगरसहित देशभर आइतबार विहानै दर्जन व्यक्तिको कोरोनाका कारण ज्यान गएको विवरण आइरहेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal