काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ५ हजार बढी संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपलामा कोरोना संक्रमितको संख्या एक ५ लाख ५ हजार ६८४ जना पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको छ । त्यसैगरी आज थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ ।
कोरोना संक्रमण जितेर आज थप १ हजार २२९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७४ हजार २५२ पुगेको छ ।
जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।