आज :

सरकार र डा. केसीबीचको वार्ता भाँडियोः शिक्षामन्त्री पोखरेल मुख्य बाधक, डाक्टरहरु आजबाट सडकमा

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीचको वार्ता विना निष्कर्षविहीन बनेको छ । शुक्रबार राति भएको वार्तामा कुनै सहमति हुन सकेन । वार्ता टोली सहमति नजिक पुगेको थियो तर शुक्रबार साँझ एकाएक सरकारी टोली पूरानै अडानमा फर्किएको थियो ।

वार्ता टोलीस्तरमा सहमति नजिक पुगेका एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पठाइएको थियो । ओली सकारात्मक भएपनि  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेका थिए । सहमति नजिक पुगेको वार्ता भाडिएपछि केसी पक्षले शिक्षामन्त्री पोखरेल मुख्य बाधक भएको बताएको छ ।

चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर डा. गोविन्द केसी अनसनमा बसेका थिए । धेरै मागहरु पूरानै भएकोले सहमति हुने अपेक्षा गरिएको थियो ।

वार्ता भंग भएसँगै डा. क‍ेसीले पक्षले आजबाट थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने बताए । उनले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको र राति वार्तामा बस्दा पनि सहमति भएका बुँदाबाटै पछि हटेपछि वार्ता भाडिएको बताए ।

सरकार शुक्रबार वार्ता गर्ने मुडमा थिएन तर केसी पक्षले पत्रकार सम्मेलन गरेर संघर्षका का‍र्यक्रम गर्ने जानकारी पठाएपछि राति १० बजेपछि वार्ता भएको थियो । सरकारी टोली विहीबार जस्तो जिम्मेवार नभएर शिक्षामन्त्रीसँग सम्पर्क नभएको भन्दै पन्छिएको केसी पक्षका वार्ता टोली संयोजक क्षेत्रीले बताए ।

चौतर्फी दवाव बढेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । दुबै पक्षका वार्ता टोलीले विहीबार निकै छलफल गरेर सहमति नजिक पुगेका थिए । शुक्रबार अन्तिम रुप दिने भन्दै विहीबारको वार्ता सकिएको थियो । उता सरकारी वार्ता टोली संयोजक मैनालीले डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूहरुसँग नभएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal