आज :

उपत्यकामा १४०९ सहित थप २ हजार ५९ जना संक्रमित, संक्रमितको संख्या लाख नाघ्यो

काठमाडौं । नेपालमा थप २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जनासहित नयाँ संक्रमति थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । योसँगै शुक्रबार मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

शुक्रबार एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको छ । मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।  जसमा सक्रिय संक्रमित २७ हजार ५३ पुगेका छन् । उनीहरुमध्ये आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

शुक्रबार थप १ हजार ६ सय ८० जना कोरोना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना ७३ हजार २३ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट आज थप १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal